Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअर्बपति सोरोसले किने रिभियनको सेयर

अर्बपति सोरोसले किने रिभियनको सेयर


अमेरिका । अर्बपति लगानीकर्ता जर्ज सोरोसले विद्युतीय सवारीनिर्माता रिभियन अटोमोटिभ इन्कको दुई करोड कित्ता सेयर खरिद गरेका छन् । डिसेम्बरमा सकिएको त्रैमासिकमा उनले उक्त परिमाणमा सेयर खरिद गरेका हुन् ।

रोयटर्सका अनुसार उनले एक करोड ९८ लाख ३५ हजार सात सय ६१ कित्ता सेयर खरिद गरेका छन् । यो भनेको झण्डै दुई अर्ब अमेरिकी डलरबराबरको सेयर हो । योसँगै कम्पनीको सोरोस फन्ड मेनेजमेन्ट पनि मुख्य लगानीकर्तामा परेको छ । यद्यपि रिभियनले भने अझै उत्पादन सुरु गरिसकेको छैन ।

रिभियनमा २० प्रतिशत सेयर स्वामित्व अमेजन डटकम इन्कको रहेको छ । कम्पनीले इकमर्स कम्पनीलाई एक लाखभन्दा धेरै विद्युतीय गाडी दिने आशा गरिएको छ । रिभियनले गत डिसेम्बरमै अब चाँडै उत्पादन सुरु गर्ने बताएको थियो । तर कोरोनाको कारण अझै सकेको भनै छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया