रुसले युक्रेन हान्ने डरमा विश्व सेयरबजार
नयाँ दिल्ली । युरोपेली र एसियाली सेयरबजार सोमबार घटेको छ । रुसले युक्रेनमाथि चाँडै अर्थात् यही हप्तामा आक्रमण गर्नसक्ने अमेरिकाले चेतावनी दिएपछि त्यसको भय सेयरबजारमा देखिएको हो ।
त्यो चेतावनीपछि फेरि वार्ता र कूटनीतिक समाधानका कुरासँगै सेयरबजार केही आशावादी हुँदै लयमा आएको बताइएको छ । एजेन्सीहरुका अनुसार मध्य कारोबार दिन युरोपमा लन्डनको एफटीएसई १०० १.१ प्रतिशतले, जर्मनीको डीएएक्स ३० र फ्रान्सको सीएसी ४० १.९ प्रतिशतले र २.१ प्रतिशतले क्रमशः घटेको थियो । एसियाका लगानीकर्ताहरु भने अलमलिएको देखिएको छ । जापानको निकी २२५ २.२ प्रतिशतले घटेर बन्द हुँदा दक्षिण कोरियाको कोस्पी १.६ प्रतिशतले घटेको थियो । चिनियाँ सेयरबजारमा पनि गिरावट देखिएको छ । बेन्चमार्क शांघाई कम्पोजिट इन्डेक्स एक प्रतिशतले घट्दा हङकङको हाङसेङ १.४ प्रतिशतले घटेको छ ।
लगानी कम्पनी स्यान्डर्स मोरिस ह्यारिसका प्रमुख जर्ज बल सेयरबजार उसै पनि धर्मराइरहेका बेला रुस र युक्रेनको तनाव आएको र यस्तोमा अमेरिकी केन्द्रीय बैंकले पनि कडाइ गरिरहेकोले प्रभाव परेको बताउँछन् । तर अमेरिकी सेयरबजार भने बढेको छ । नास्डाक फ्युचर, एसएन्डपी ५०० फ्युचर तथा डो फ्युचर सबै शून्य दशमलव एक प्रतिशतले बढेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले तनाव कम गर्न छलफलको लागि ढोका खुला रहेको बताएका थिए । यदि युक्रेनले उत्तर एटलान्टिक सैन्य संगठन (नाटो)मा सदस्यता नलिने निर्णय लिए त्यसले रुसी ध्यानाकर्षणमा सार्थक सन्देश दिने उनले बताएका थिए । त्यस्तै युक्रेनी र बेलारुसी मन्त्रीहरुले पनि सकारात्मक फोनवार्ता गरेका थिए । रुसले युक्रेनी सीमानजिकै बेलारुसमा हजारौँ सेना उतारेको छ ।
यता ब्रेन्ट क्रुड फ्युचर प्रतिब्यारेल ९३.९१ अमेरिकी डलरमा कारोबार भएको छ । रुसी आक्रमणपछि ऊर्जा आपूर्तिमा समस्या ल्याउनसक्ने चिन्ता छ । युरोपेली प्राकृतिक ग्यास र विद्युत्को मूल्य पनि बढेको छ ।
यो सप्ताहान्तमा अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोनकलमा युक्रेनमाथिको आक्रमणविरुद्ध अमेरिका र यसका पक्षराष्ट्रले निर्णायक कदम चाल्ने र रुसले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका थिए । रुससँग एक लाखभन्दा धेरै सेना युक्रेनी सीमानजिकै छन् । यो हप्तामात्रै उसले अझ धेरै सेना तैनाथ गरेको अमेरिकी सरकारले जनाएको छ । यदि रुसले आक्रमण नगरेमा सेयरबजार बढ्न सक्ने बल बताउँछन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया