Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमहिनौँपछि अमेरिकामा चिनियाँ कम्पनीको आईपीओ

महिनौँपछि अमेरिकामा चिनियाँ कम्पनीको आईपीओ


न्युयोर्क । धेरै महिनापछि अमेरिकामा एक चिनियाँ कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्ने भएको छ । अमेरिका–चीन तनाव र नियामकीय अनुसन्धानको दबाबबीच चिनियाँ औषधि प्रविधि कम्पनी मेझुवा इन्टरनेशनल मेडिकल टेक्नोलोजीले अमेरिकी सेयरबजारमा आईपीओ निष्काशनको तयारी गरेको हो ।

यो कम्पनीले मेडिकल सामग्री विश्वमा आपूर्ति गर्छ । यही हप्ता कम्पनीले सेयरबजारमा डेबुट गर्नलागेको सीएनएनले जनाएको छ । कम्पनीले न्युयोर्कको नास्डाक बजारमा प्रवेश गर्नलागेको हो । कम्पनीले आईपीओ बिक्रीबाट ५७ अर्ब ५० करोड अमेरिकी डलर उठाउने लक्ष्य राखेको न्युयोर्क स्टक एक्सचेन्जमा पेस गरेको कागजातमा उल्लेख छ । यो रकम निकै सानो भए पनि अक्टोबरयता चिनियाँ कम्पनीको पहिलो आईपीओ हुनेछ । अक्टोबरमा बायोटेक कम्पनी लियानबायोले त्यतिबेला ३३ करोड ४० लाख डलर उठाएयता कुनै पनि कम्पनीले साधारण सेयर निष्काशन गरेका छैनन् ।

लियानबायोको मुख्यालय चीन र अमेरिका दुवै देशमा छ । जुलाईदेखि अमेरिकीहरुले चीनमै हेडक्वार्टर भएका कम्पनीको आईपीओ देखेका छैनन् । त्यतिबेला शांघाईमा रहेको सेन्टेज होल्डिंग्स नास्डाकबाट पब्लिकमा गएको थियो । अगस्टदेखि जनवरीसम्म एक कम्पनीले मात्रै अमेरिकामा आईपीओ निष्काशन गरेको छ । एक वर्षअघि सोही अवधिमा २० कम्पनीले आईपीओ निष्काशन गरेका थिए । चीनले बाहिरी देशमा आईपीओ निष्काशन गर्ने कम्पनीमाथि कडाइ गर्दै आएको छ ।

गत समरमा दिदीले अमेरिकामा आईपीओ निष्काशन गरेको थियो । अलिबाबाले सन् २०१४ मा चार अर्ब ४० करोड डलर बजारबाट उठाएयता दिदी सबैभन्दा ठूलो आईपीओा निष्काशन गर्ने कम्पनी बनेको थियो । तर त्यसको दुई दिनमै चीनले कम्पनीविरुद्ध अनुसन्धान थालेको थियो । त्यसले कम्पनीलाई निकै ठूलो धक्का पुगेको थियो । गत डिसेम्बरमा दिदीले न्युयोर्क स्टक एक्सचेन्जको सूचीकरण झिक्ने र हङकङको सेयरबजारमा जाने योजना बनाएको थियो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया