Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियआईएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको सेयर ६ अर्ब बढी रुपैयाँमा बिक्री गर्ने

आईएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको सेयर ६ अर्ब बढी रुपैयाँमा बिक्री गर्ने


ढाका । बंगलादेशको आईएफआईसी बैंकले नेपालस्थित नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो सेयर बिक्री गर्ने निश्चित गरेको छ । बंगलादेशी अनलाइन द डेलिस्टारका अनुसार बैंकले चार अर्ब ३९ करोड टाका अर्थात् करिब छ अर्ब १८ करोड ७० लाख रुपैयाँमा बिक्री गर्नलागेको हो ।

काठमाडौं निवासी सारिका चौधरीले उक्त सेयर खरिद गर्नलागेकी हुन् । एक नेपाली रुपैयाँ बराबर शून्य दशमलव ७१ बंगलादेशी टाका हुँदा सारिकाले छ अर्ब १८ करोड ७० लाख रुपैयाँमा सेयर खरिद गर्नेछिन् ।

आईएफआईसीले एनबी बैंकमा रहेको पूरै प्रोमोटर सेयर बेच्ने निर्णय गरेको ढाका स्टक एक्सचेन्ज (डीएसई)को वेबसाइटमा प्रकाशित कागजात विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंक र अन्य नियामकीय निकायबाट अनुमति पाएसँगै सेयर बिक्री पूरा हुने बैंकले जनाएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया