बंगलादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी
ढाका । बंगलादेशका विद्यालयहरू पुनः सञ्चालन गर्ने तयारी भएको छ । प्रधानमन्त्री शेख हसिनाले कोरोनाभाइरसको महामारी कम हुँदै गएकाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएकी हुन् ।
उनका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको हो । भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताइन् ।
प्रधानमन्त्री हसिनाले देशभर खोप लगाएका विद्यार्थीहरूको संख्या, विद्यालयहरूको अवस्था, विद्यालय सञ्चालन गर्ने तरिकालगायतका विषयमा अध्ययन र छलफल भइरहेको जानकारी दिइन् ।
‘अब अवस्था परिवर्तन र सुधार भएको छ भन्ने हामीलाई लागेको छ, त्यसैले अब विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको छ’, उनले भनिन् । बंगलादेश सरकारले पछिल्लो पटक यही फेब्रुअरी ३ देखि २० सम्मका लागि विद्यालय बन्द गर्ने समयावधि थप गरेको छ । पछिल्लो पटक थपिएको समयावधि सकिन एक हप्ता बाँकी हुँदा प्रधानमन्त्री हसिनाले अब भने म्याद नथप्ने संकेत गरेकी हुन् ।
कोरोनाभाइरसको महामारीका कारण सन् २०२० को मार्चदेखि अहिलेसम्म बंगलादेशमा १९ लाख नौ हजार छ सय ६४ जना संक्रमित भएका छन् । पछिल्लो समय दैनिक औसतमा चार हजार नयाँ संक्रमित थपिने गरेका छन् । त्यसैगरी कोरोनाका कारण कुल २८ हजार आठ सय १९ जनाको मृत्यु भएको पनि बंगलादेशको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । रासस/सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया