रुसले युक्रेनमाथि आक्रमण गरे गहुँ र मकैको मूल्य बढ्ने
ब्रसेल्स । पछिल्ला केही दिनयता रुस–युक्रेन तनाव बढेको छ । अमेरिकाले सार्वजनिक रुपमै यही सातासम्म युक्रेनमाथि रुसले आक्रमण गर्ने दाबी गर्दै आएको छ । यदि बाहिर आएका समाचार सत्य भए त्यसको प्रभाव कृषिजन्य उत्पादनमा पर्ने देखिएको छ ।
खासगरी युक्रेनमाथिको रुसी आक्रमणले गहुँ र मकैको मूल्य आकाशिने देखिएको हो । रुस विश्वमा धेरै गहुँ निर्यात गर्ने देश हो । यता युक्रेनले पनि गहुँ र मकैको ठूलै निर्यात गर्दै आएको छ । आक्रमण भएको तनावपूर्ण अवस्थामा यी कृषिवस्तुको मूल्य बढ्नेछ । यसले खाद्य क्षेत्रमा महंगी झन् बढ्नसक्ने अपेक्षा गरिएको छ ।
सन् २०२१ मै विश्व खाद्य मूल्य २८ प्रतिशतले बढेको राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले जनाएको छ । यो वर्ष पनि आपूर्तिगत समस्याले मूल्यवृद्धिमा निरन्तरता हुने उसको आकलन छ । दुई प्रमुख निर्यातकबीचको तनावले आपूर्ति शृंखलामा पनि ठूलै समस्या हुनेछ । त्यसपछि पश्चिमा राष्ट्रले रुसमाथि लगाउने प्रतिबन्धले पनि यसमा मलजल गर्नसक्ने आकलन छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया