युक्रेन तनाव कम हुँदा बढे एसियाली सेयर
टोक्यो । बुधबार एसियाली सेयर सूचकहरु बढेका छन् । खासगरी रुस–युृक्रेन सम्भावित युद्धबारे सकारात्मक समाचार आएसँगै सेयरबजार केही आशावादी बनेको एपीले जनाएको छ ।
यद्यपि विश्लेषकहरुले भने उक्त तनाव अहिले नै नटरिसकेको बताएका छन् । जापानको बेन्चमार्क निकी २२५ २.१ प्रतिशतले बढेको थियो भने अस्ट्रेलियाको एसएन्डपी/एएसएक्स २०० पनि शून्य दशमलव छ प्रतिशतले उकालो लागेको थियो । त्यसैगरी दक्षिण कोरियाको कोस्पी १.७ प्रतिशतले बढेको थियो । यता हङकङको हाङसेङ १.४ प्रतिशतले बढ्दा शांघाई कम्पोजिट शून्य दशमलव छ प्रतिशतले बढेको थियो ।
यता वालस्ट्रिटमा प्रविधि कम्पनीहरुको सेयर पनि बढेको छ । रुसले युक्रेनी सीमानजिकै तैनाथ गरेका सेनाहरु फिर्ता बोलाउनथालेपछि केही आशाका किरण देखिएका हुन् । अमेरिकी सेयरबजार एसएन्डपी ५०० १.६ प्रतिशतले र डो जोन्स इन्डस्ट्रियल एभरेज पनि १.२ प्रतिशतले बढेको थियो । प्रविधि कम्पनीको बाहुल्य रहेको नास्डाक २.५ प्रतिशतले बढेको एपीले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत अमेरिका र उत्तर एटलान्टिक सैन्य गठबन्धन नाटोसँग छलफल गर्ने बताएका थिए । अमेरिकाले भने अझै पनि रुसले सेना फिर्ता गरेको नगरेको बारेमा सुनिश्चित हुन बाँकी रहेको बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- इतिहासमै पहिलोपटक टाट पल्टियो श्रीलंका
- ‘श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ’
- मोदी जापान जाने
- खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
- एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता
- राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
- नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयबीच सम्झौता
- नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया