अमेजनले भिसाको क्रेडिट कार्ड स्वीकार गर्ने
अमेरिका । अमेजनले अबदेखि भिसाका क्रेडिट कार्ड स्वीकार्ने भएको छ । अमेजनले आफ्ना सबै साइटमा भिसा कार्ड स्वीकार्ने भएको हो । दुई कम्पनीले यससम्बन्धी सम्झौता गरेको बीबीसीले जनाएको छ । अनलाइन खुद्रा बिक्रेता अमेजनले गत वर्ष बेलायतमा भिसा क्रेडिट कार्ड प्रयोग नै रोक्ने चेतावनी दिएको थियो ।
खासगरी भिसाले भुक्तानीमा लगाएको शुल्कमा अमेजनको असन्तुष्टि थियो । सिंगापुर र अस्ट्रेलियामा रहेका अमेजन ग्राहकले भिसा क्रेडिट कार्ड प्रयोग गरे थप शुल्क तिर्नुपर्ने अवस्था थियो । तर अब त्यसको अन्त्य भएको छ । बिहीबारबाट दुई देशमा पनि थप शुल्क नलाग्ने भएको छ । अमेजन र भिसा दुवैले यो सम्झौताबाट उत्साहित भएको बताएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया