चिनियाँ आर्थिक प्रणालीबारेको अमेरिकी आरोपको खण्डन
बेइजिङ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले चीनको आर्थिक प्रणालीलाई ‘गैरबजारी’ गतिविधि भनी लगाएका आरोपमा कुनै तर्कसंगत आधार नभएको जनाएको छ ।
संयुक्त राज्य अमेरिकासँग अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमका सम्बन्धमा चीनमाथि लगाउने गरेका आरोप पूर्णतः तथ्यविपरीत भएको मन्त्रालयको दाबी छ ।मन्त्रालयका प्रवक्ता गाओ फेङले संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधि कार्यालयको प्रतिवेदनले दाबी गरेका विषयलाई नियमित पत्रकार सम्मेलनमा खण्डन गरेका हुन् ।
प्रतिवेदनमा संयुक्त राज्य अमेरिकाले चीनको ‘राज्य नेतृत्व, गैर–बजार नीति र अभ्यासहरू’ समाधान गर्न नयाँ रणनीतिहरू खोज्नु र यसका घरेलु व्यापार उपकरणहरू अद्यावधिक गर्नु आवश्यक छ भन्ने दाबी गरेको थियो ।
चीनले विगत ४० वर्षभन्दा बढी को आर्थिक उपलब्धिले सुधार र खुलापनको सफलताको पुष्टि गरेको गाओले बताए । बजार र सरकारको भूमिकाको प्रभावकारी संयोजन चीनको आर्थिक विकासबाट प्राप्त अमूल्य अनुभव बन्न पुगेको उनले बताए ।
संयुक्त राज्य अमेरिकाले नयाँ रणनीतिहरू खोज्ने बहानामा ‘एकपक्षीयवाद, संरक्षणवाद र दुर्व्यवहार’को अभ्यास गर्नुको सट्टा विश्व व्यापार संगठनका नियमहरू अनुरूप आफ्नो व्यापारिक गतिविधिलाई सुनिश्चित गर्नुपर्ने गाओले दाबी गरे ।
संयुक्त राज्य अमेरिकालाई तर्कसंगत तथा व्यावहारिक नीतिहरू अपनाउन र चीन–अमेरिका सम्बन्धलाई सुमधुर रूपमा अघि बढाउन आह्वान पनि गरे । उनले भने, ‘पारस्परिक सम्मान, पारस्परिक लाभ र विजयी सहयोगको सिद्धान्तअन्तर्गत सम्बन्धहरू सही मार्गमा फर्कन्छन्, जुन दुई मुलुकका जनताको आधारभूत हित र अन्तर्राष्ट्रिय समुदायको साझा अपेक्षाअनुरूप छ ।’
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया