Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारत–यूएई व्यापार लगानी सम्झौता

भारत–यूएई व्यापार लगानी सम्झौता


नयाँ दिल्ली/दुवई । भारत र संयुक्त अरब इमिरेट्सले फराकिलो व्यापार तथा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । गत शुक्रबार दुई देशले एक अर्का देशका सामानमा सबैखाले शुल्क हटाउने र वार्षिक व्यापार दुई देशबीच पाँच वर्षभित्र एक खर्ब अमेरिकी डलरको बनाउने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

भर्चुअल हस्ताक्षर समारोहसँगै खाडी राष्ट्र यूएईले पहिलोपटक यस्तो सम्झौता गरेको हो । गत सेप्टेम्बरदेखि यूएईले आफूलाई व्यापार हबको रुपमा विकास गर्न यस्ताखाले सम्झौतामा जोड दिँदै आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया