Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशले कोभिडविरुद्धका प्रतिबन्ध नलम्ब्याउने

बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्ध नलम्ब्याउने


ढाका । बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ । सिन्ह्वाका अनुसार मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन् । उनले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरुको समय नथप्ने जानकारी दिए ।

बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरु लगाएको थियो । विद्यालय, विश्वविद्यालयहरु देखि होटलहरु बन्द गर्नेदेखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरु लगाइएको छ । ती प्रतिबन्धहरुको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उनले दिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया