Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभियतनामद्वारा २० देशका लागि फेरि हवाइ उडान खुल्ला

भियतनामद्वारा २० देशका लागि फेरि हवाइ उडान खुल्ला


भियतनाम । भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा अहिले महामारी कम भएकाले सुचारु गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, फ्रान्स, जर्मनी, रुस, अमेरिकालगायतका रहेका छन् । भियतनामको यातायात मन्त्रालय मातहतको यातायात विभागका निर्देशक त्रान बायो इन्गोकले अरु सात देशमा भने अझै पनि अडान खुल्ला नगरिएको जानकारी दिए ।

उनका अनुसार यसअघि उडान हुँदै आएका ब्रुनाई, भारत, इन्डोनेसिया, म्यानमार, फिनल्याण्ड, इटली र स्विट्जरल्याण्डमा भने अहिले पनि उडान पुनः सञ्चालन गरिएको छैन । भियतनाममा अहिले हप्ताभरिमा आवत जावत गरेर ३७० उडान हुने गरेको पनि निर्देशक इन्डोकले बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया