संकटमा युक्रेन : रूसविरुद्ध प्रतिबन्धको ओइरो
काठमाडौं । युक्रेनी भूभागलाई स्वतन्त्र राज्य मान्ने रूसको घोषणापछि रूस–युक्रेन संकट गहिरिँदै गएको छ । युक्रेनी विद्रोहीको पकडमा रहेका दुई राज्य लुहान्स्क र दोनेत्स्कलाई रूसले यही हप्ता स्वतन्त्र राज्यको दर्जा दिएपछि पश्चिमा राष्ट्र आक्रोशित भएका छन् । अमेरिका, युरोप र केही एसियाली राष्ट्रले रूसविरुद्ध प्रतिबन्ध नै घोषणा गरिसकेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले संसद्बाट रूसी सेना अन्य देशमा समेत परिचालन हुनसक्ने अनुमति गरिसकेको छ । योसँगै पुटिनले शान्ति कायम गर्ने बहानामा युक्रेनी उक्त दुई राज्यमा रूसी सेना परिचालन गर्ने आदेश दिइसकेका छन् । सोसँगै रूसविरुद्ध अमेरिका र यसका पक्षराष्ट्र एक भएर प्रतिबन्धको घोषणा गरिरहेका छन् । संयुक्त राज्य अमेरिका, युरोपेली संघ, संयुक्त अधिराज्य बेलायत, एसियाली देश जापानले रूसले युक्रेनको सार्वभौमिकतामाथि धावा बोलेको भन्दै प्रतिबन्ध घोषणा गरेका छन् ।
प्रतिबन्धको आकार क्रमशः विस्तार गर्दै जाने उनीहरुले स्पष्ट पारेका छन् । रूसबाट प्राकृतिक ग्यास सहज रुपमा ल्याउन तम्तयार नर्ड स्ट्रिम २ पाइपलाइन परियोजनाको अन्तिम प्रमाणीकरण पनि जर्मनीले रोकेको छ । युरोपेली संघले रूसी रक्षामन्त्री सर्जेई शोइगु र क्रेमलिन समर्थित इन्टरनेट रिसर्च संस्थाविरुद्ध प्रतिबन्ध लगाउने योजना बनाएको छ । संघले व्यापक प्रतिबन्ध लगाउने अन्तिम तयारी गरिरहेको छ । यसअघि नै प्रतिबन्ध घोषणा गरेको अमेरिकाले फेरि रूसी राष्ट्रपतिनिकटस्थ पारिवारिक सदस्यमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसमा राष्ट्रपति पुटिनका शक्तिशाली निकटस्थ पदाधिकारीका दुई छोराहरु रहेका छन् । यसबाहेक सार्वजनिक पदधारी पनि प्रतिबन्धको निशानामा पर्नेछन् ।
यसबाहेक अमेरिकाले निर्यात नियन्त्रण गर्नेसम्मको तयारी गरेको अमेरिकी केबल न्युज नेटवर्कले समाचारमा जनाएको छ । धमाधम प्रतिबन्ध सामना गर्नुपरेपछि रूसी विदेश मन्त्रालयले उपयुक्त प्रतिक्रिया दिने चेतावनी दिएको छ । यसैबीच युक्रेनी सरकारले देशमा संकटकाल घोषणाको तयारी गरेको छ । महिना लामो समययता रूसी सेना युक्रेनी सीमामा तैनाथ भए पनि पुटिनको पछिल्लो कदमसँगै पश्चिमा राष्ट्रले युक्रेनमाथि रूसी आक्रमण सुरु भएको प्रतिक्रिया दिइरहेका छन् । विभिन्न देशले आफ्ना नागरिक, कूटनीतिज्ञलाई युक्रेन छाड्न चेतावनी दिइसकेका छन् ।
कच्चा तेलको मूल्य आकाशिने : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको हो । दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।
युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन् । रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उनीहरूले बताएका छन् । रुसले युक्रेनी पृथकतावादीहरूको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिँदै आफ्नो सेनालाई ती क्षेत्रमा पठाएसँगै बेलायत र अन्य धेरै पश्चिमी मुलुकले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएपछि यूक्रेनी संकटसँग जुध्न आफ्नो सहकार्य रहने उनीहरूले बताएका छन् । स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरुको बाक्लो उपस्थिति छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया