Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तान र अफगानिस्तानको सीमा केही दिनपछि फेरि खुल्यो

पाकिस्तान र अफगानिस्तानको सीमा केही दिनपछि फेरि खुल्यो


काबुल । पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । एएफपीका अनुसार सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् ।

गत वर्ष तालिबान सत्तामा आएपछि छिमेकीहरूबीच सीमा तनाव बढेको छ । पाकिस्तानले आतंकवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । तालिबानले पाकिस्तानी लडाकूहरूलाई शरण दिएको अस्वीकार गर्छन् ।

पाकिस्तानको अर्धसैनिक सीमा बलका प्रवक्ताले एएफपीलाई भने, ‘सबै किसिमका गतिविधिका लागि सीमा फेरि खोलिएको छ ।’

एक सुरक्षा स्रोतले पाकिस्तानी अधिकारी र अफगानिस्तानको कान्दाहार प्रान्तका गभर्नरबीचको सफल वार्तापछि नाका खोलिएको जनाएको छ । गभर्नरका प्रवक्ता महमूद आजमले सीमा नाका फेरि खोलिएको पुष्टि गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया