Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसी विमान कम्पनीलाई युरोपेली राष्ट्रले लगाए एयरस्पेस प्रयोगमा बन्देज

रुसी विमान कम्पनीलाई युरोपेली राष्ट्रले लगाए एयरस्पेस प्रयोगमा बन्देज


ब्रसेल्स । युरोपका झण्ड दर्जन राष्ट्रहरुले आफ्नो एयरस्पेस अर्थात् हवाइ क्षेत्रमा रुसी विमान कम्पनीहरुलाई प्रतिबन्ध लगाएका छन् ।

पछिल्लोपटक फिनल्यान्ड र आयरल्यान्डले रुसी उडानलाई आफ्नो एयरस्पेस प्रयोगमा प्रतिबन्ध लगाएका हुन् । यसअघि नै बेलायत, स्लोभेनिया, चेक गणतन्त्र, पोल्यान्ड, लिथुआनिया, लात्भिया, इस्टोनिया, रोमानिया र बुल्गेरियाले यस्तैखाले प्रतिबन्ध लगाइसकेका छन् ।

रुसले छिमेकी देश युक्रेनमाथि युद्ध छेडेसँगै युरोपेली देशहरु आक्रोशित भएका छन् । रुसले युक्रेन युद्ध थालेको तीन दिन बितिसकेको छ भने दुई सय बढी युक्रेनी सर्वसाधारणको ज्यान गएको छ । रुसतर्फ पनि ठूलो क्षति भएको आकलन गरिएको छ । युक्रेनले ४३ सय बढी रुसी सेना मारेको दाबी गरेको छ । युद्ध सुरु भएसँगै देश छाड्ने युक्रेनीको संख्या साढे तीन लाख नाघिसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकासहित युरोपेली देशले रुसमाथि विभिन्नखाले प्रतिबन्ध लगाइसकेका छन् । त्यसमा विश्व भुक्तानी प्रणाली प्रयोगबाट केही रुसी बैंकहरुलाई वञ्चित गराइसकिएको छ । पछिल्लो समय युक्रेनले डटेर रुसी आक्रमणको सामना गरेसँगै युरोपेली देशहरुले धमाधम हतियारजन्य सैन्य सहयोग समेत युक्रेन पठाउन थालेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया