Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएप्पललाई साढे २ करोड युरो जरिवाना

एप्पललाई साढे २ करोड युरो जरिवाना


युरोप, माघ २६
स्मार्टफोन निर्माता कम्पनी एप्पललाई फ्रान्सले साढे २ करोड युरो जरिवाना लगाएको छ । कम्पनीले पुराना आईफोन सुस्त चलेको भन्दै फ्रान्सले उक्त जरिवाना गरेको बीबीसीले जनाएको छ । फ्रान्सको प्रतिस्पर्धा तथा धोखाधडी हेर्ने डीजीसीसीआरएफले उपभोक्तालाई पूर्वजानकारीविनै फोन सुस्त गराएको भन्दै उक्त जरिवाना गराएको हो ।

यद्यपि सन् २०१७ मा कम्पनीले केही पुराना आईफोनलाई सुस्त पारेको स्वीकारिसकेको थियो । यसको कारणस्वरुप कम्पनीले डिभाइसको समयसीमा नै गुज्रिएको जनाएको थियो । एप्पलले एक वक्तव्यमा यससम्बन्धी विवाद वाचडगहरुसँग मिलेर समाधान गरिसकेको पनि कम्पनीले जनाएको छ । धेरै उपभोक्ताले कम्पनीले मोबाइललाई सुस्त पारेको आशंका गर्दै आएका थिए । तर कम्पनीले भने उपभोक्तालाई अपग्रेडका लागि यसो गर्नुपरेको भन्दै आफ्नो कदमको बचाउ गर्दै आएको छ । लिथियम इयन ब्याट्रीहरुको क्षमतामा ह्रास आएपछि सुस्त पार्नुपरेको कम्पनीको भनाइ छ ।

सोहीइ कारण कम्पनीले आईफोन ६, आईफोन ६ एस र आईफोन एसईका लागि छु्ट्टै सफ्टवेयर अपडेट गरेको थियो । पछिल्लोपटक भएको सहमतिअनुसार एप्पलले डिस्प्लेमा सूचना आफ्नो फ्रेन्च भाषाको वेबसाइटमा कम्तीमा एक महिनासम्म जारी हुनुपर्नेछ । एप्पलले आफ्नो गल्ती स्वीकारेको पनि उल्लेख गरिएको छ । साथै उक्त जरिवाना पनि कम्पनीले तिर्ने सहमति गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

उक्त प्रकरणबारे खुलासा भएसँगै एप्पलले अहिले पनि कतिपय पुराना फोनहरुलाई अहिले पनि सुस्त पारिरहेको आशंका गरिएको छ । खासगरी आईफोन ६, ६ प्लस, ६ एसप्लस, आईफोन एसई, आईफोन ७, ७ प्लस, आईफोन ८, ८ प्लस, आईओएस १२.१ रहेको आईफोन एक्स, एक्सएस म्याक्स र एक्सआरलगायतका आईफोनलाई कम्पनीले सुस्त पारेको हुनसक्ने बतायएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया