Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्का हवाइ यात्रु वृद्धिदर झण्डै तीन प्रतिशतले घट्यो

विश्का हवाइ यात्रु वृद्धिदर झण्डै तीन प्रतिशतले घट्यो


लन्डन, माघ २६
अन्तर्राष्ट्रिय हवाइ यातायात संघले सन् २०१९ मा ४.२ प्रतिशत हवाइ यात्रु वृद्धि जनाएको छ । २०१८ मा ७.३ प्रतिशत हवाई यातायात वृद्धि भएकोमा २०१९ मा ४.२ प्रतिशत मात्रै भएको हो। यसले २०१८ को तुलनामा २०१९ को वृद्धिदरमा कमी आएको देखाएको छ । ‘एयरलाइन्सले विभिन्न चुनौतीहरुको सामना गर्दै गत वर्ष स्थिर वृद्धि गर्न राम्रा पदर्शन गर्यो।

एक नरम आर्थिक पृष्ठभूमि, कमजोर विश्वव्यापी व्यापार गतिविधि र राजनीतिक र भौगोलिक तनाव भोग्नुप-यो । उत्कृष्ट क्षमता व्यवस्थापन र ७३७ म्याक्स ग्राउन्डिङका प्रभावहरु हवाइ उद्योगमा पर्यो,’ संघका निर्देशक तथा सीईओ अलेक्जेन्डर डी जुनिकले भने ।

अन्तर्राष्ट्रिय हवाइ यात्रुमा सबैभन्दा धेरै अफ्रिकन एयरलाइन्सले ५ प्रतिशत वृद्धि गरेका छन् भने युरोपेमा ४.४, एसिया प्रशान्त क्षेत्रमा ४.५, दक्षिण अमेरिकामा ३.९, ल्याटिन अमेरिका ३ र सबैभन्दा कम वृद्धिदर मध्यपूर्वी देशमा २.६ प्रतिशत रहेको छ । आन्तरिक उडानमा चिनियाँ जहाजको ७.८ प्रतिशत रहेको छ भने भारतको ५.१ प्रतिशत यात्रु वृद्धिदर रहेको संघले उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया