Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरुसी अर्बपति भन्छन्– तत्काल युद्ध अन्त्य हुनुपर्छ

रुसी अर्बपति भन्छन्– तत्काल युद्ध अन्त्य हुनुपर्छ


मस्को । रुसी धनाढ्यहरु पनि आफ्नो देशले छिमेकी देशविरुद्ध गरिरहेको आक्रमण अन्त्यको माग गर्न थालेका छन् । रुसी धनाढ्य मिखाइल फ्रिडम्यानले जतिसक्दो चाँडो युद्ध अन्त्यको लागि आह्वान गरेका हुन् । उनले युद्ध दुवै पक्षका लागि वियोगान्त भएको भन्दै यसमा कुनै फाइदा नरहेको बताएका छन् ।

युक्रेनमै जन्मिएका उनले प्रत्यक्ष रुपमा आफूले कुनै प्रतिक्रिया दिन नसक्ने बताउँदै यसरी बोल्दा जोखिम हुने बताएका छन् । उनले आक्रमणकै कारण सबै रुसी नागरिकमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको समेत प्रतिक्रिया दिएका छन् । विश्वमा व्यवसाय गर्ने जो कोही रुसीमाथि प्रतिबन्ध लगाइन नहुने उनको भनाइ छ । यसैबीच उनले मोबाइल नेटवर्क सञ्चालक भिअनको सञ्चालक समितिबाट पनि राजीनामा दिएका छन् । उनी कम्पनीका ठूला सेयरधनी हुन् । यसले युक्रेन र रुससँगै अल्जेरिया, काजकस्तान र पाकिस्तानमा नेटवर्क सेवा सञ्चालन गर्छ ।

रुसले एकतर्फी रुपमा युक्रेनको भूमि पसेर आक्रमण गरिरहेको छ । आक्रमणपछि लाखौँ युक्रेनी देश छोड्न बाध्य भएका छन्न । संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म छ लाख ६० हजार मानिसले युक्रेन छाडिसकेका छन् । छिमेकी देशमा शरणार्थी बन्नेहरुको घुइँचो लागेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया