टोयोटाले रुसमा रोक्यो उत्पादन र निर्यात
जापान । विश्वचर्चित सवारी ब्रान्ड टोयोटाले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसमा उत्पादन र निर्यात रोक्ने घोषणा गरेको छ । पश्चिमा देशका कम्पनीहरुले धमाधम उत्पादन र निर्यात रोकिरहँदा जापानी ब्रान्ड टोयोटाले पनि यस्तो निर्णय लिएको हो ।
जापान सरकारले पनि रुसविरुद्ध प्रतिबन्ध लगाइसकेको छ । टोयोटासँगै होन्डा मोटर र माज्डा मोटरले पनि यही निर्णय लिएका छन् । युक्रेनमाथि स्वेच्छाचारी रुपमा आक्रमण गरेपछि रुसी अर्थतन्त्रले ठूलो स्केलमा प्रतिबन्धको सामना गर्नुपरेको छ । टोयोटाले रुसी सहर सेन्ट पिटर्सबर्गमा ८० हजार सवारीसाधन उत्पादन गर्दै आएको छ भने २ हजार रुसी नागरिकलाई रोजगारी दिएको छ ।
विश्वका चर्चित अन्य कार कम्पनीहरु मर्सिडिज बेन्ज, फोर्ड, बीएमडब्लुले यसअघि नै कार उत्पादन र निर्यात रोकिसकेका छन् । यता शिपिङ कम्पनीहरु एमएससी, मायस्र्कलगायतले कन्टेनर शिपिङ रुसतिर र रुसबाट नगर्ने निर्णय लिइसकेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजार परिसुचक २२ सय ३१ बिन्दुमा
- सामसङले साढे तीन खर्ब डलर लगानी गर्दै
- गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी
- श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ
- नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुंगाना
- अजोड इन्स्योरेन्समा पुनः खत्री
- नेपाल लाइफको ‘अमूल्य जीवन’ सुरु
- महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया