Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमाल्दिभ्स लागे रुसी अर्बपतिका सुपरयाट

माल्दिभ्स लागे रुसी अर्बपतिका सुपरयाट


माले । रुसी अर्बपतिहरुको विलासी पानीजहाज (सुपरयाट) हरु माल्दिभ्सतिर लागेका छन् । अमेरिका र युरोपेली राष्ट्रहरुले रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा भारी प्रतिबन्ध लगाएसँगै त्यो छल्न रुसी अर्बपतिका महंगा र विलासी पानीजहाज माल्दिभ्स लागेका हुन् ।

रोयटर्सका अनुसार अमेरिकासँग सुपुर्दगी सन्धि नभएको माल्दिभ्समा बुधबार कम्तीमा पाँचवटा रुसी अर्बपतिका सुपरयाट गएको शिप ट्राकिङ डेटाहरुले देखाएका छन् । बुधबार म्यागजिन फोर्ब्सका अनुसार जर्मनीले रुसी अर्बपति एलिशर उस्मानोभको विशाल याट ह्यामबर्ग शिपयार्डमा जफत गरेको थियो ।

उस्मानोभ पनि युरोपी संघले सोमबार लगाएको प्रतिबन्धको सूचीमा छन् । जर्मनीले जफत गरेको सुपरयाट ५१२ फुट लामो र ६० करोड डलर मूल्यबराबरको रहेको छ । यसअघि सन् २०१८ मै अमेरिकाले प्रतिबन्ध लगाएका आल्मुनियम कम्पनी रुसलका संस्थापक ओले डेरिपास्काको स्वामित्व रहेको क्लियो सुपरयाट बुधबार माले गइरहेको मारिनट्राफिकले जनाएको छ ।यसबाहेक स्टिल उत्पादक एभ्राजका सहसंस्थापक अलेक्जेन्डर अब्रामोभको जहाज द टिटान गत फेब्रुअरी २८ मा माले आइपुगेको थियो ।

तीबाहेक तीन अरु रुसी अर्बपतिका याटहरु माल्दिभ्समा देखिएका थिए । त्यसमा ८८ मिटरको रुसी धनाढ्य भ्लादिमिर पोटानिनको निर्वाणा जहाज समेत रहेको छ । माल्दिभ्स सरकारले भने यसबारे केही नभनेको बताइएको छ । अमेरिकाले प्रतिबन्ध लगाइएकाहरुको सम्पत्तिमा कडा निगरानी गर्ने जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया