अन्तर्राष्ट्रिय फौजदारी अदालतले थाल्यो रुसी आक्रमणको छानबिन
अमेरिका । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करिम खानले जानकारी दिएका छन् ।
‘सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु’, खानले भनेका छन् । आईसीसीले प्रमाण संकलनमा काम अब सुरु भएको जनाएको छ । आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्ने जनाएको छ । अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्ने पनि जनाइएको छ ।
गत हप्ता रुसले युक्रेनको पृथकतावादीहरुले स्वघोषणा गरेको डोनेट्स्क र लुहान्स्कका ‘अलग्गिएका गणतन्त्र’हरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि विशेष अपरेसन सुरु गरेको जनाएको थियो । यसैबीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया