Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएआईआईबीद्वारा रुस र बेलारुसमा व्यावसायिक गतिविधि बन्द

एआईआईबीद्वारा रुस र बेलारुसमा व्यावसायिक गतिविधि बन्द


बेइजिङ  । चिनियाँ बैंक एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी)ले रुस र बेलारुसमा आफ्ना गतिविधि रोकेको छ । बैंकले विज्ञप्ति जारी गर्दै बैंकले युक्रेनमाथि रुसले गरेको आक्रमणलाई नजिकबाट नियालिरहेको जनाउँदै वित्तीय गतिविधि रोकेर समीक्षा गरिरहेको जनाएको हो ।

बैंकले भनेको छ, ‘अहिलेको त्यहाँको परिस्थितिलाई मध्यनजर गर्दै र बैंकका उत्कृष्ट चाहनालाई ध्यान दिँदै व्यवस्थापनले बेलारुस र रुसमा सम्बन्धित सबै गतिविधि रोकेका छौँ । यसको समीक्षा गरिरहेका छौँ ।’ साथै बैंकले युद्धमा प्रभावितप्रति सहानुभूति व्यक्त गरेको छ ।

एआईआईबी अन्तर्राष्ट्रिय सन्धिअनुसार स्थापना भएको बहुपक्षीय संगठन हो । अन्तर्राष्ट्रिय कानुनमा बाँधिएर सञ्चालन भइरहेको जनाउँदै बैंकले समान चुनौतीको सामना गर्न र विकासलाई समर्थन गर्न विभिन्न देशका लागि उत्कृष्ट फ्रेमवर्क उपलब्ध गराउने जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया