Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनमाथिको आक्रमणले आर्थिक विचलन आउने मुद्राकोषको चेतावनी

युक्रेनमाथिको आक्रमणले आर्थिक विचलन आउने मुद्राकोषको चेतावनी


न्युयोर्क । अन्तर्राष्ट्रिय मुद्राकोषले युक्रेनमाथिको रुसी आक्रमणसँगै विश्वमा आर्थिक विचलन आउनसक्ने चेतावनी दिएको छ । कोषले युक्रेनको आग्रहमा एक अर्ब ४० करोड अमेरिकी डलर आकस्मिक सहयोगका लागि अर्को हप्ता यसको कार्यकारी बोर्डमा प्रस्ताव लाने भएको छ ।

शनिबार कोषले यस्तो जानकारी दिएको हो । साथै उसले रुससँग सम्बन्ध भएका देशहरुले अभाव र आपूर्तिमा समस्या व्यहोर्न सक्ने पनि चेतावनी दिएको छ । युक्रेनको छिमेकी देश माल्दोभासँग सहयोगबारे कोषले छलफल समेत गरिरहेको जनाएको छ । ‘जारी युद्ध र यससँग सम्बन्धित प्रतिबन्धले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पर्नेछ’, कोषले विज्ञप्तिमा जनाएको छ ।

पूर्वी युरोपमा गम्भीर आर्थिक परिणाम आउने कोषले जनाएको छ । ऊर्जा र गहुँको मूल्य बढ्दा मूल्यवृद्धिको सामनाा गर्नुपर्ने कोषले भनेको छ ।
‘मूल्यवृद्धि विश्वव्यापी रुपमा हुनेछ । विशेषतः गरिब घरपरिवारको खर्च बढ्नेछ’, आईएमएफले एक वक्तव्यमा भनेको छ, ‘अझै द्वन्द्व चर्किए आर्थिक क्षति झन् डरलाग्दो हुनेछ ।’

त्यस्तै आईएमएफले रुसमाथि लगाइएका प्रतिबन्धले समेत अन्य देशलाई असर पर्ने बताएको छ । मौद्रिक अधिकारीहरुले आफ्नो देशमा हुने मूल्यवृद्धिलाई होसियारीपूर्वक अनुगमन गर्नुपर्ने कोषले सुझाएको छ । आर्थिक हिसाबल कमजोर घरपरिवारलाई हेरेर नीति निर्माण गर्न पनि कोषले भनेको छ ।

यता पूर्वाधारमा नराम्रो क्षति व्यहोरेको युक्रेनले पुनर्निर्माण खर्चको चुनौती खेप्ने पनि कोषले जनाएको छ । कोषका अनुसार यसअघि नै स्वीकृतसहित अहिले देशका लागि दुई अर्ब २० करोड डलर उपलब्ध रहेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया