Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकच्चा तेल १४ वर्षयताकै उच्च

कच्चा तेल १४ वर्षयताकै उच्च


लन्डन । कच्चा तेलको मूल्य विश्वमा आकाशिएको छ । बीबीसीका अनुसार प्रतिब्यारेल नै कच्चा तेल १३९ अमेरिकी डलर पुगेको छ । जुन १४ वर्षयताकै उच्च हो । यता होलसेल बजारमा ग्यासको मूल्य पनि दोब्बर बढी भएको छ । अमेरिकाले रुसी कच्चा तेलमा प्रतिबन्ध लगाउने तयारी गरिरहँदा मूल्य झन् बढेको हो । रुस कच्चा तेलको दोस्रो ठूलो उत्पादक हो । सबैभन्दा धेरै भने साउदी अरेबियाले यसको उत्पादन गर्छ ।

सन् २००८ यता तेलको मूल्य उच्च भएको हो । विश्लेषकहरुले प्रतिब्यारेल दुई सय अमेरिकी डलरसम्म पुग्ने चेतावनी दिएका छन् । अमेरिकी कच्चा तेल सोमबार छ प्रतिशतले बढेर एक सय २३ अमेरिकी डलर पुगेको छ । ब्रेन्ट क्रुड १३९ अमेरिकी डलर पुगिसकेको छ । यो भनेको एकै महिनामा ३५ प्रतिशतले भएको वृद्धि हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया