Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफिलिपिन्सको निर्यात ७० अर्ब डलर

फिलिपिन्सको निर्यात ७० अर्ब डलर


मनिला, फागुन २
फिलिपिन्सको निर्यात गत वर्ष सन् २०१९ मा ७० अर्ब ३० करोड अमेरिकी डलर पुगेको फिलिपिन्सको व्यापार मन्त्रालयले जनाएको छ । व्यापार मन्त्रालयका सचिव रामोन लोपेजले अघिल्लो वर्ष फिलिपिन्सको निर्यात व्यापार ६९ अर्ब ३० करोड डलर रहेको बताए । विश्वव्यापी रुपमा व्यापारमा आएको अनिश्चितताबीच पनि मुलुकको अर्थतन्त्र सही मार्गमा रहेको लोपेजले बताए ।

अनिश्चितताका बाबजुद निर्यात व्यापारमा १.५ प्रतिशतले वृद्धि हुनु निकै सकारात्मक रहेको बताउँदै सचिव लोपेजले पूर्वी एसियाली मुलुकहरुमध्ये भियतनाम पछि फिलिपिन्सले सर्वोत्कृष्ट प्रदर्शन गरेको जानकारी दिए । ‘हाम्रो लक्ष्य नै उत्पादन क्षमता र निर्यातजन्य वस्तुको उत्पादन बढाउनु तथा साझेदार मुलुकहरुसँगको व्यापार सम्बन्धलाई अझ परिस्कृत गर्नु हो’, लोपेजले भने । पहिलो पटक, फिलिपिन्सको विद्युतीय सामग्रीको निर्यात ४० अर्ब डलर पुगेको छ ।

अघिल्लो वर्षको तुलनमा सन् २०१९ मा यो ४.४ प्रतिशतले बढी हो । यस क्षेत्रले कुल निर्यातको करिब ५७ प्रतिशत हिस्सा ओगटेको सचिव लोपेजले जानकारी दिए । गैरविद्युतीय सामग्रीको निर्यात भने करिब ३० अर्ब ३० करोड अमेरिकी डलर बराबरको भएको छ । फिलिपिन्सको आयात भने सन् २०१९ मा ४.८ प्रतिशतले घटेर १ खर्ब ७ अर्ब ४० करोड डलर भएको छ । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया