फोर्डको व्यवस्थापन हेरफेर, जिम फेर्ले बने सीओओ

डेट्रोयट, फागुन २
फोर्ड मोटर कम्पनीले शुक्रबार व्यवस्थापन हेरफेर गरेको छ । कम्पनीले रणनीति प्रमुख जिम फेर्लेलाई प्रमुख सञ्चालन अधिकृत तोकेको हो । अमेरिकाको चर्चित अटो निर्माता फोर्डले लगानीकर्तालाई आश्वस्त पार्न व्यवस्थापन हेरफेर गरेको हो । अब फेर्लेले नै विश्वव्यापी सञ्चालन हेर्नेछन् । फेर्लेलाई प्रमुख कार्यकारी जिम हेकेटको उत्तराधिकारी मानिएको छ ।
फेर्ले अहिले नयाँ व्यवसाय, प्रविधि र रणनीतिको प्रमुख थिए । फेर्लेको पदोन्नति मार्च १ देखि कार्यान्वयन हुनेछ । शुक्रबार कम्पनीको सेयरमा समेत गिरावट आएको थियो । पछिल्लो समय कम्पनीले एकपछि अर्को आर्थिक नोक्सानी व्यहोरिरहेको छ । चीनमा मात्रै कम्पनीले गत वर्ष ७७ करोड नोक्सानी व्यहोरेको थियो । सन् २०१८ यता कम्पनीले नोक्सानी व्यहोर्दै आएको छ ।
ताजा अपडेट
- चालू आवको छ महिनामा विराटनगरको राजस्वमा वृद्धि
- सरकारको वित्त १२ अर्ब ७२ करोड रुपैयाँले घाटामा
- छ महिनामा ८६ प्रतिशत होला विकास खर्च ?
- भारतले उत्पादन गरेको कोरोना खोपलाई नेपालमा अनुमति
- प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
- सवारी कर पनि ‘नागरिक एप्स’बाट संकलनको तयारी
- सर्वाेच्च संस्थाप्रतिको सम्मानमा प्रश्न नउठोस्
- ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोग
धेरैले पढेको
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- विद्यार्थीलाई न्यानो कपडा वितरण
- निःशुल्क स्वास्थ्य शिविर
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- डिजिटल नेपाल र शिक्षा क्षेत्र
- लिवाङको आर्मी ब्यारेक परिसरमा ग्लोबल आईएमई बैंकको एटीएम सेवा
- अंग्रेजी नयाँ वर्षमा कालिञ्चोकमा १० हजार पर्यटक
- सडकलाई स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउनैपर्ने सरकारको निर्णय
तपाईको प्रतिक्रिया