Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेजोसले किने साढे १६ करोड डलरको घर

बेजोसले किने साढे १६ करोड डलरको घर


सन फ्रानिसस्को, फागुन २
चर्चित धनी तथा अमेजनका प्रमुख जेफ बेजोसले अमेरिकाको लस एन्जलस राज्यमा साढे १६ करोड डलर मूल्यको आलीशान महल खरिद गरेका छन् । उक्त राज्यमा यो अहिलेसम्मकै महंगो खरिदको कीर्तिमान भएको एजेन्सीहरुले जनाएका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलका अनुसार बेजोसले उक्त घर मिडिया कारोबारी डेभिड गेफेनसँग खरिद गरेका हुन् । समाचारअनुसार लस एन्जलसकै यो अहिलेसम्मको महंगो खरिद हो ।

यसअघि सन् २०१९ मा लासन मर्डोकले बेल–एयर इस्टेट खरिदको लागि १५ करोड डलर खर्च गरेका थिए । बेजोसको नयाँ घर ९ एकड जमिनमा फैलिएको छ भने गेस्ट हाउस, टेनिस कोर्ट, गल्फ कोर्सलगायतका धेरै कुराहरु रहेका छन् । वार्नर ब्रदर्सका पूर्वअध्यक्ष ज्याक वार्नरले यो घर सन् १९३० मा बनाएका थिए । अमेजनका प्रमुख बेजोससँग १ खर्ब १० अर्बभन्दा धेरै सम्पत्ति छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया