टाटा मोटर्सद्वारा नेक्सन ईभी अपग्रेड बजारमा आयो नेक्सन ईभी म्याक्स
नयाँ दिल्ली । टाटा मोटर्स इन्डियाले भारतमा नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको छ । नेक्सन ईभी ग्राहकले अत्यधिक रुचाएपछि टाटाले नयाँ लामो दूरीको नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको भारतीय मिडियाले जनाएका छन् ।
यो अपडेटेट इलेक्ट्रिक सबकम्प्याक्ट एसयूभी हो । यसमा ४०.५ केडब्ल्यूएच ब्याट्री प्याक र ४३७ किमिको एआरएआई सर्टिफाइड रेन्ज रहेको छ । अपडेट भर्सनमा नयाँ फिचरहरु समेत थपिएको कम्पनीले जनाएको छ । नेक्सन ईभी अहिले भारतीय बजारमा सर्वाधिक रुचाइएको छ। रेन्ज केही कम भएको महशुस गरेको कम्पनीले रेन्ज बढाएर नेक्सन ईभीलाई परिष्कृत गरेको हो ।
नेक्सन ईभी म्याक्समा ठूला साढे ४० केडब्ल्युएच लिथियम आयन ब्याट्री प्याकसँगै पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस एसी मोटर जडान गरिएको छ । यो मोटरले १४१ बीएचपी र २५० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । यो कार शून्यबाट नौ सेकेन्डमै सय किमि प्रतिघण्टाको गतिमा गुड्न सक्छ । यसको उच्च गति १४० किमि प्रतिघण्टा रहेको छ ।
फिचरतर्फ म्याक्समा नयाँ मकारन इन्टेरियर, भेन्टिलेटेड अगाडि सिटहरु, वायरलेस फोन चार्जर, जिवेल्ड कन्ट्रोल क्नब डिस्प्ले, एयर प्युरिफायर, स्मार्टवाच इन्टिग्रेसन, क्रुज कन्ट्रोल लगायत छन् । सुरक्षा फिचरमा चारवटा डिस्क ब्रेक, ईएसपी, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, दुईवटा एयरब्याग, इमर्जेन्सी स्टप लाइट, रोल ओभर मिचिगेसन, ब्रेक डिस्क वाइपिङ, आईएसओफिक्स र अन्य कुराहरु रहेका छन् । यसको सुरुवाती मूल्य भारतमा १७ लाख ७४ हजार भारु रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- २२ सय ५० बिन्दुमा खुम्चियो सेयर बजार
- नेपाललाई यही वर्ष १.७ लाख टन युरिया र डीएपी मल दिँदै भारत
- युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव
- भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि
- बेलायतमा ४८ वर्षयताकै कम बेरोजगारी दर
- समृद्धि फाइनान्स र भज्जु चुलोबीच सम्झौता
- स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता
- गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया