Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखोपै नलगाएको उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका

खोपै नलगाएको उत्तर कोरियामा ज्वरोबाट २१ को मृत्यु, कोभिडको आशंका


प्योङयाङ । उत्तर कोरियाले शनिबार ‘ज्वरो’ बाट थप २१ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका पनि गरिएको छ । एएफपीका अनुसार यहाँ कोभिड–१९ को पहिलो घटना पुष्टि भएको दुई दिनपछि देशव्यापी रूपमा पाँच लाख भन्दा बढी मानिस बिरामी परेको बताएको छ ।

उत्तर कोरियामा कोभिड विरुद्धको खोप लगाइएको छैन । यहाँ खोप नलगाएका मानिसहरु रहेकाले ज्वरोले थलिएका भनिएका यी मानिसमा पनि कोभिडको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ । यहाँ शुक्रबार एकै दिनमा मात्रै एक लाख ७४ हजार ४४० जना भन्दा बढीलाई ज्वरो आएको थियो । कम्तीमा ८१ हजार ४३० जना पूर्णरूपमा निको भएका थिए । यस ज्वरोको कारण देशभर २१ जनाको मृत्यु भएको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएको छ ।

उत्तर कोरियाको राजधानी प्योङ्गयांगमा अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्ट पत्ता लागेका बिहीबार पुष्टि भएको थियो । त्यहाँ नेता किम जोंग उनले राष्ट्रव्यापी रुपमा लकडाउन गर्न आदेश दिनु भएको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया