Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतबाट गहुँ निर्यातमा प्रतिबन्ध

भारतबाट गहुँ निर्यातमा प्रतिबन्ध


नयाँ दिल्ली । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । मूल्य निरनतर बढिरहेपछि भाारतले तत्काल लागू हुने गरी गहुँ निर्यात रोकेको हो ।

एक सूचना जारी गर्दै भारतले गहुँलाई प्रतिबन्धित वर्गमा राखेको नवभारत टाइम्सले जनाएको छ । भारत, यसका छिमेकी देश र विकासोन्मुख राष्ट्रहरु खाद्य सुरक्षा खतरा देखिएको भन्दै तत्काललाई गहुँ निर्यात रोकेको बताइएको छ । पहिले नै अनुमति दिइसकिएका शिपमेन्ट नरोकिने बताइएको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचनामा गहुँको मूल्य ह्वात्तै बढेको र भारत तथा छिमेकी देशमा खाद्य सुरक्षाको खतरा देखिएको बताइएको छ । गहुँको अन्तर्राष्ट्रिय मूल्य ४० प्रतिशतले बढिरहेको छ । भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया