Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकाका छ सय बढी परिवार बाढी, पहिरोबाट प्रभावित

श्रीलंकाका छ सय बढी परिवार बाढी, पहिरोबाट प्रभावित


कोलम्बो ।  श्रीलंकामा वर्षासँगै आएको बाढी र पहिरोबाट छ सयभन्दा बढी परिवार प्रभावित भएका बताइएको छ ।

श्रीलंकाको प्रकोप व्यवस्थापन केन्द्र (डीएमसी) ले आइतबार जनाएअनुसार देशमा वर्षाको मौसम प्रबल हुँदै जाँदा बाढी र पहिरोबाट छ सयभन्दा बढी परिवार प्रभावित भएका छन् ।

सिन्ह्वाका अनुसार दक्षिणी जिल्ला रत्नपुरामा पाँच सय ८५ परिवारबाट कुल दुई हजार दुई सय ९० जना प्रभावित भएका छन् भने पश्चिमी प्रदेशको कालुतारा गाउँपालिकामा १६ परिवारका ६२ जना प्रभावित भएको डीएमसीले जनाएको छ ।

बाढी र हावाका कारण ८२ घर आंशिक रुपमा क्षतिग्रस्त भएको डिएमसीले जनाएको छ । बाढी प्रभावित क्षेत्र र पहिरोको जोखिम रहेका पहाडी क्षेत्र नजिकै बसोबास गर्नेलाई सम्भावित बाढी र पहिरोबाट सतर्क रहन चेतावनी दिइएको छ । विगत केही दिनमा देशका प्रायजसो भागमा भारी वर्षा भएको डीएमसीले जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया