Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइरानले युरोपमा ग्यास निर्यात गर्ने

इरानले युरोपमा ग्यास निर्यात गर्ने


तेहरान । इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ । युक्रेनमा रूस र यूक्रेनबीच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका एक अधिकारीले ग्यास निर्यात गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाए ।

इरानकोे राज्य सञ्चालित समाचार संस्था शानाले मन्त्रालयका इन्धनमामिला उप–मन्त्री माजिद चेगेनीलाई उद्धृत गर्दै भनेका छ, ‘इरानले यो विषयमा अध्ययन गरिरहेको छ तर हामी अहिलेसम्म निष्कर्षमा पुगेका छैनौँ ।’

उनका अनुसार इरान सधैँ ऊर्जा कूटनीतिको विकास र बजारको विस्तारको सम्भावनामाथि जोड दिन्छ । यद्यपि इरान विश्वकै सबैभन्दा ठूलो प्रमाणित ग्यास भण्डारमध्ये एक हो, यसको उद्योग अमेरिकी प्रतिबन्धद्वारा प्रभावित भएको छ जुन सन् २०१८ मा वासिङ्टन तेहरान र विश्वशक्ति राष्ट्रहरूबीचको ऐतिहासिक आणविक सम्झौताबाट हटेपछि पुनः लागू गरिएको थियो ।

सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उद्देश्यले वार्ता गत वर्ष भियनामा सुरु भएको थियो तर उल्लेखनीय विषयहरूमा हुनुपर्ने उक्त वार्ता हप्तौंदेखि रोकिएको छ । फेब्रुअरीमा रूसद्वारा युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी तेल र ग्यासको मूल्य बढेको छ । धेरै युरोपेली देशहरू रूसबाट ऊर्जा आयातमा निर्भर छन् । कीभले यूक्रेनको पूर्वमा रहेको प्रमुख ट्रान्जिट हबमार्फत रुसले ग्यास आपूर्ति रोकेको बताएको छ । यसले गर्दा मस्कोको आक्रमणले यूरोपमा ऊर्जा संकट झनै खराब हुनसक्ने आशंका उत्पन्न भएको छ ।

गत वर्ष युरोपेली संघले लगभग एक खर्ब ५५ अर्ब घनमिटर रूसी ग्यास प्राप्त गरेको थियो र यो आयातको ४५ प्रतिशत हिस्सा हो ।
इरानका उपतेलमन्त्रीले पनि तेहरान र बगदादले केही हप्ताअघि समझदारी पत्रमा हस्ताक्षर गरेको कुरा पुष्टि गर्दै इस्लामिक गणतन्त्र इरानले इराकमा ग्याँस निर्यात बढाएको देख्न पनि बताए ।

धेरै ग्यास भण्डारको बाबजुद दशकौँको युद्ध र प्रतिबन्धको कारण तथा लगानी गर्ने अवस्था कमजोर बन्दा इराक आफ्नो पूर्वी छिमेकीबाट आयातमा निर्भर बन्ने गरेको छ । तथापि, इरानी तेल र ग्याँसमाथि अमेरिकी प्रतिबन्धले आयातका लागि इराकको भुक्तानीजटिल बनाएको छ ।
बग्दादले इरानमा अमेरिकी प्रतिबन्धबाट छुट पालन गर्न जटिल भुक्तानी विधिको प्रयोग गर्छ । खाद्य तथा औषधिहरूको आयातलाई वित्त पोषण गर्न भुक्तानी प्रयोग गर्नुपर्ने भएकोले इराकलाई केवल इरानलाई नगद हस्तान्तरण गर्न अनुमति दिइएको छैन ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया