Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहोन्डाको नाफा बलियो

होन्डाको नाफा बलियो


टोक्यो । जापानी अटो निर्माता होन्डाको खुद नाफा ७.६ प्रतिशतले बढेको छ । मार्चसम्मको आर्थिक वर्षमा कम्पनीको मोटरसाइकल बिक्री बलियो र जापानी येन कमजोर हुँदा नाफा बढेको एएफपीले जनाएको छ । कम्पनीले यो वर्ष पनि नाफा बलियो रहने आशा गरेको छ । विश्वभर माइक्रोचिप अभावसँगै कोरोनाले खलबल्याएको आपूर्ति शृंखलाका बाबजुद आर्थिक अवस्था बलियो रहने कम्पनीको अनुमान छ ।

होन्डाको सन् २०२१/०२२ को वार्षिक खुद नाफा ७.६ प्रतिशतले बढेर सात खर्ब सात अर्ब येन अर्थात् साढे पाँच अर्ब अमेरिकी डलर रहेको छ । मार्च २०२३ सम्म कम्पनीले सात अर्ब १० अर्ब येन नाफा कमाउने कम्पनीको प्रक्षेपण छ । गत वर्ष कम्पनीको बिक्री साढे १० प्रतिशतले बढेको थियो । खासगरी मोटरसाइकल व्यवसायबाट बिक्री आम्दानी बढ्दा त्यसले धेरै योगदान गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया