तान्जानियामा १८ हजारभन्दा बढी चालकहरू पक्राउ
दार अस सलाम । तान्जानियामा सरकारी अधिकारीहरूले १८ हजारभन्दा बढीलाई पक्राउ गरिएको दावी गरेका छन् । ट्राफिक नियमको उलङ्घन गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
तान्जानियाको ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रहरीले १८ हजार ४१० जनालाई पक्राउ गरेको हो । उनीहरूलाई दुई महिनाभन्दा कम समयमा पक्राउ गरिएको हो । तान्जानियामा पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरेको छ भने नियम कार्यान्वयन गराउन प्रहरीले सक्रियता बढाएको छ ।
तान्जानियाको ट्राफिक प्रहरीका कमान्डर विल्ब्रौड मुताफुङवाले पक्राउ परेका चालकलाई ट्राफिक नियमको पालना गर्ने प्रतिवद्धता गराएर र अन्य तोकिए अनुसारको कारबाही गरेर छाड्ने गरिएको जानकारी दिए । चेकजाँचको कार्य देशभर नै भइरहेको पनि उनले बताए । (रासस/सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा
- नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
- टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
- सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
- सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
- नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली
- वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
- तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सुझाव दिन गठित समितिले किन दियो निजगढ विमानस्थल बनाउने सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया