Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा नौ घण्टे कर्फ्यु घोषणा

श्रीलंकामा नौ घण्टे कर्फ्यु घोषणा


कोलम्बो । आर्थिक तथा राजनीतिक संकटमा परेको मुलुक श्रीलंकामा सोमबारदेखि नौ घण्टे कर्फ्यु आदेश जारी गरिएको छ । सरकारले घोषणा गरेको कर्फ्यु सोमबार बेलुका ८ बजेदेखि लागू भई बिहान पाँच बजेसम्म कायम रहने भएको छ ।

विभिन्न आरोपमा झण्डै दुई सय मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यु आदेश जारी गरेको हो । पक्राउ गरेकाहरूलाई कर्फ्यु आदेशको उलङ्घन गरेको, सार्वजनिक तथा अर्को व्यक्तिको सम्पत्ति तोडफोड गरेको, अशान्ति मच्चाएको, हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको लगायतका आरोपहरू लगाइएको छ ।

आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा आर्थिक संकटकै कारणले राजनीतिक संकट पनि उत्पन्न भएको छ । विशेष गरेर आर्थिक संकट बढेपछि महङ्गी र अभाव बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए । नागरिक आन्दोलनका कारण राजनीतिक संकट समेत उत्पन्न भएको छ ।

नागरिक आन्दोलन चर्किदै गएपछि मन्त्रपरिषद् नै परिवर्तन गर्नु परेकोसम्मका राजनीतिक संकट उत्पन्न भएको छ । तत्कालीन निर्वाचित प्रधानमन्त्री महेन्दा राजापाक्षको राजीनामा माग गर्दै भइरहेको आन्दोलनका कारण उनले राजीनामा दिन बाध्य भएका छन्  ।

उनको राजीनामाको केही दिनपछि राष्ट्रपति गोटावाय राजापाक्षले आइतबार मात्रै रनिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया