Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरूसद्वारा मस्कोस्थित रेनोको प्लान्ट राष्ट्रियकरण

रूसद्वारा मस्कोस्थित रेनोको प्लान्ट राष्ट्रियकरण


मस्को । रुसले राजधानी मस्कोमा रहेको सवारीसाधन निर्माता रेनोको प्लान्ट राष्ट्रियकरण गरेको छ । बढ्दो उपस्थितिपछि दबाब थेगिरहेको रेनोले प्लान्टको बहुमत सेयर रुसी कार निर्माता एभ्तोभाजलाई बिक्री गर्नलागेको बताएको छ ।

फ्रान्सेली कार निर्माता रेनोले ६८ प्रतिशत ब्याज रसियन साइन्स इन्स्टिच्युटलाई बिक्री गर्ने जनाएको छ । रेनो रसियामा रहेको सेयर मस्को सिटीलाई बिक्री गरिने पनि कम्पनीको भनाइ छ ।

युक्रेनमाथि आक्रमण भएयता यो मुख्य विदेशी व्यवसायको राष्ट्रियकरण हो । रुसको उद्योग तथा व्यापार मन्त्रालयका अनुसार रेनोको रुसी सम्पत्ति हस्तान्तरण गर्नेबारे दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तर सम्झौतामा भएका विवरण भने खुलाइएको छैन । अप्रिलमा रुसी उद्योग तथा व्यापार मन्त्री डेनिस मन्तुरोभले रेनोले बिक्रीको योजना बनाएको बताएका थिए ।

सोमबार रेनो ग्रुपले वक्तव्य जारी गर्दै कम्पनीको बोर्डले उक्त सम्झौतालाई अनुमोदन गरेको बताए । उक्त प्लान्टमा सोभियतकालीन मस्कभिच ब्रान्डका गाडी उत्पादन हुने मस्कोका मेयर सर्जेई सोब्यानिनले बताए । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया