बेइजिङ । चीनको बेरोजगारी दर अप्रिल महिनामा ६.१ प्रतिशत पुगेको छ । सन् २०२० फेब्रुअरीमा कोरोना महामारीको सुरुवाती चरणमा चीनमा यस्तो दर ६.२ प्रतिशतसम्म पुगेको थियो । पछिल्लो समय विश्वको दोस्रो ठूलो अर्थतन्त्र कोरोनाका कारण पुनः लकडाउन सुरु भएसँगै सुस्त बनेको छ । आधिकारिक तथ्यांकले खुद्रा र उतपादन क्षेत्रलाई पछिल्लो लकडाउनले धेरै क्षति पु-याएको देखाएको छ ।
पूर्ण वा आंशिक लकडाउनहरु मार्च र अप्रिलमा दर्जनौँ सहरहरुमा गरिएका थिए । त्यसमा व्यावसायिक केन्द्र मानिने सांघाई समेत परेको छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले केही समयअघि मात्रै रोजगारीको अवस्था खराब अवस्थामा रहेको बताएका थिए । यद्यपि सरकारले भने यो वर्ष बेरोजगारी दर साढे पाँच प्रतिशतभन्दा कममा समृेट्ने लक्ष्य राखेको छ ।
चीनमा खुद्रा बिक्री मार्च २०२० यता ठूलो दरले खुम्चिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष अप्रिलमा यो क्षेत्र ११.१ प्रतिशतले खुम्चिएको चीनको नेशनल ब्युरो अफ स्टाटिस्टिक्सले जनाएको छ । जुन मार्चको ३.५ प्रतिशतभन्दा धेरै खराब हो । अर्थशास्त्रीहरुले ६.१ प्रतिशतले मात्रै खुम्चिने प्रक्षेपण गरेका थिए । त्यस्ते औद्योगिक उत्पादन पनि एक वर्षअघिको तुलनामा २.९ प्रतिशतले घटेको छ । यो पनि सन् २०२० फेब्रुअरीयताकै ठूलो गिरावट हो । मार्चमा भने पाँच प्रतिशतले बढेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया