Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि

भारतले निर्यात रोकेपछि गहुँको मूल्यमा उच्च वृद्धि


पेरिस । दक्षिण एसियाली देश भारतले गहुँ निर्यात रोकेपछि विश्वभर उच्च मूल्य बढेको छ । देशभित्र उच्च मूल्यवृद्धि भएको बताउँदै भारतले गहुँ निर्यात नगर्ने निर्णय गरेको थियो । सोसँगै युरोपेली बजारमा ४३५ युरोसम्म प्रतिटन मूल्य पुग्न गएको छ ।

फेब्रुअरीमा युक्रेनमाथि रुसले आक्रमण गरेसँगै विश्वमा गहुँको मूल्य बढिरहेको थियो । युक्रेनले मात्रै विश्वमा कुलमध्ये १२ प्रतिशत गहुँ निर्यात गर्छ । मलको अभाव र कम खेतीले विशवमा महंगी बढिरहँदा गरिब देशमा सामाजिक अस्थिरता सुरु भइसकेको छ ।

यस्तोमा दोस्रो ठूलो उत्पादक भारतले शनिबार गहुँ निर्यात रोक्ने निर्णय गरेको थियो । नयाँ दिल्लीले विश्वमा उच्च मूल्यवृद्धि भइरहेको र उत्पादन कम भएकोले यसले आफ्ना एक अर्ब ४० करोड जनसंख्याको खाद्य सुरक्षामा चिन्ता देखाउँदै निर्यात गर्न नसक्ने बताएको थियो । भइरहेका शिपमेन्ट नरोके पनि मे १३ मा थप निर्यात नगर्ने निर्देशन जारी भइसकेको छ । तर भारतको उक्त निर्णयलाई भने विश्वका सात ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी ७ ले आलोचना गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया