Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव

युक्रेनलाई ९ अर्ब युरो थप सहयोग दिने प्रस्ताव


ब्रसेल्स । यूरोपेली संघ (ईयू) ले किभलाई रूसी आक्रमणको सामना गर्नका लागि मद्दत गर्न यस वर्ष नौ अर्ब युरो (९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त सहायताको प्रस्ताव बुधबार गरेको छ ।

ईयू प्रमुख उर्सुला भोन डेर लेयेनले उक्त प्रस्ताव यूक्रेनसँग गरिसकेको युरोपेली आयोगका एक अधिकारीले एएफपीलाई बताए । भोन डेर लेयेनले युद्ध समाप्त हुँदा युक्रेनको पुनर्निर्माणको बारेमा सोच्ने समय भएको साथै युरोपेली राष्ट्रको ‘यो पुनर्निर्माण प्रयासको नेतृत्व गर्न रणनीतिक रुचि’ देखाइएको बताइन् । उनले अन्य देश तथा अन्तर्राष्ट्रिय संस्थाहरू पनि पुनर्निर्माण परियोजनाको सहभागी हुने विश्वास व्यक्त गरिन् । प्रस्तावमा अहिलेदेखि २०२७ सम्म २१० अर्ब लगानी गर्नुपर्ने माग गरिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया