Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमोदी जापान जाने

मोदी जापान जाने


नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता जापान भ्रमणमा जाने भएका छन् । यही मे २४ मा जापानको राजधानी टोकियोमा हुने ‘क्वाड लिडरर्स समिट’मा सहभागी हुन उनी जाने भएका हुन् । सम्मेलनमा जापान र अष्ट्रेलियाका समकक्षी र अमेरिकाका राष्ट्रपतिलगायतसँग उनको भेटवार्ता हुने अधिकारीहरुले जनाएका छन् ।

मोदीको भ्रमणका बारेमा भारतको विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनका क्रममा बिहीबार जानकारी दिइएको हो । यो सम्मेलन अहिले चौथो पटक हुन लागेको जनाइएको छ । सम्मेलनमा आपसी हित, साझा चासो, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासोलगायतका विषयमा छलफल हुने जनाइएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया