Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतमा खाना पकाउने ग्यासमा सहुलियत, पेट्रोल र डिजेल सस्तो

भारतमा खाना पकाउने ग्यासमा सहुलियत, पेट्रोल र डिजेल सस्तो


नयाँ दिल्ली । पछिल्लो समय महंगो पेट्रोल र डिजेलदेखि हैरान भएका भारतीयहरुका लागि सरकारले मूल्यवृद्धिमा कटौती गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार नरेन्द्र मोदी सरकारले इन्धनको उत्पादन शुल्क कटौती गर्ने निर्णय गरेको हो । वित्तमन्त्री निर्मला सीतारमणले ट्विटमार्फत पेट्रोलको उत्पादनशुल्कमा आठ र डिजेलमा सात भारतीय रुपैयाँ कटौती गर्ने जानकारी दिएकी हुन् ।

मोदी सरकारले यो निर्णय लिएसँगै पेट्रोल अब साढे नौ रुपैयाँ सस्तो हुने र डिजेल पनि सात रुपैयाँ सस्तो पर्न जानेछ । यसले भारतीय केन्द्र सरकारलाई वर्षेनी एक लाख करोडको बोझ थपिनेछ । वित्तमन्त्री सीतारमणले सबै राज्य सरकारहरुलाई अपिल गर्दै भ्याटमा कटौती गरी जनतालाई राहत दिन अपिल गरेकी छिन् । उनले खासगरी सन् २०२१ नोभेम्बरदेखि भ्याटमा कटौती नगरेका राज्यहरुलाई यस्तो अपिल गरेको बताइएको छ ।

यसबाहेक मोदी सरकारले यो वर्ष प्रधानमन्त्री उज्वला योजनाका करिब नौ करोड लाभार्थीहरुलाई ग्यासमा सब्सिडी (सहुलियत) दिने निर्णय गरेको छ । सरकारले प्रतिग्यास सिलिन्डर दुई सय भारु सहुलियत दिनेछ । यसो गर्दा केन्द्र सरकारलाई वर्षेनी ६१ अर्ब भार थपिनेछ । मानिसहरु धेरै दिनयता महंगीले त्रस्त छन् । अहिले महंगी दर सात प्रतिशत नजिक पुगेको छ । रिजर्व बैंकले समेत यही कारण रिपो दरमा ४० आधार अंकको बढोत्तरी गर्नुपरेको छ । अहिले इन्धनदेखि खाना पकाउने तेल, तरकारी, गहुँलगायत अन्नअनाजको समेत मूल्य आकाशिएको छ । यसले जनताको खर्च निकै धेरै भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया