Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वकै महँगो कार बन्यो पुरानो मर्सिडिज

विश्वकै महँगो कार बन्यो पुरानो मर्सिडिज


अमेरिका  । सन् १९५५ तिरको एउटा मर्सिडिज बेन्ज कार बोलकबोलका आधारमा बिक्री भएको छ । यही महिनाको सुरुतिर भएको अक्सन (बोलकबोल)मा उक्त कार १४ करोड ३० लाख डलरमा बिक्री भएको हो ।

उक्त मूल्यमा बिक्री हुँदा उक्त कार विश्वकै महंगो कार बनेको आरएम सोथबीले बिहीबार जनाएको एससीएमपीले जनाएको छ । बिक्री भएको मर्सिडिज बेन्ज ३०० एसएलआर उलेनहट हो। एक निजी कार संकलकले उक्त कार किनेको बताइएको छ । यसले अक्सनमा यसअघि भएका बिक्रीको सबै कीर्तिमान तोडेको छ । यसअघि सन् २०१८ मा १९६२ फेरारी २५० जीटीओ चार करोड ८० लाख अमेरिकी डलरमा बिक्री भएको थियो । अहिले भएको बिक्री त्यसको तेब्बरले बढी हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया