Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो

बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो


ढाका । बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो भएको छ । भारतले गहुँको निर्यात बन्द गरेपछि स्थानीय बजारमा आपूर्तिगत समस्या आउने डरपछि एक्कासि गहुँजन्य उत्पादनको मूल्य बढेको बताइएको छ ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि खाद्यवस्तुको मूल्य विश्वभर नै ह्वात्तै बढेको छ । सन् २००८ जुलाईमा ढाकामा उपभोक्ताले एक किलोग्राम पीठोको लागि ३७.८ टाका खर्च गर्नुपर्थ्यो । सन् २०२१ मा सोही परिमाणको लागि २९ टाका मात्र थियो । तर सन् २०२२ मा यो मूल्य बढेर ३८.४ टाका प्रतिकिलो पुगेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय बजारमा पीठोको मूल्य गत वर्ष सेप्टेम्बरयता निरन्तर बढिरहेको छ । व्यापारीहरुले मूल्यवृद्धिमा रुस–युक्रेन संकट मुख्य कारण रहेको उल्लेख गरेका छन् । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया