Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी

श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी


कोलम्बो । श्रीलंकाले अप्रिलमा श्रमिकबाट प्राप्त हुने रेमिट्यान्समा अप्रिलमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले जनाएको छ ।

सिन्ह्वाका अनुसार गत वर्षको यो अवधिको तुलनामा २४ करोड ८९ लाख प्रतिशतभन्दा बढीको गिरावट भएको बैंकद्वारा आइतबार सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ । सन् २०२१ को जनवरीदेखि अप्रिलको बीचमा श्रीलंकाले कामदारको रेमिट्यान्समा २.३८ अर्ब डलर प्राप्त गरेको थियो । उक्त रकम यो वर्ष १.०३ अर्ब डलरमा झरेको छ ।

यसैबीच सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म श्रीलंकाले पर्यटनबाट छ करोड २६ लाख ४० हजार डलर कमाएको थियो । गत वर्षको सोही अवधिमा यो रकम ३६ करोड डलर रहेको थियो । पर्यटन र श्रमिकको रेमिट्यान्स श्रीलंकाका लागि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत हो । दक्षिण एसियाली मुलुकले सन् २०२१ मा ५.५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको थियो । यो २०२० मा ७.१ अर्ब डलरबाट २३ प्रतिशतले घटेको थियो ।

श्रीलंकाले सन् २०१८ मा २३ लाखभन्दा बढी पर्यटकलाई स्वागत गरेको थियो । सन् २०१९ मा भएको बम विस्फोटनपछि उक्त संख्या १.९ मिलियनमा झरेको थियो । सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण यो संख्यामा थप घटेको थियो । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया