Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई

अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई


टोक्यो । हुन्डाई मोटर ग्रुपले हुन्डाई र किया ब्रान्डका विद्युतीय गाडी र ब्याट्रीको लागि ५ अर्ब ५० करोड डलर जर्जियामा लगानी गर्ने उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणको क्रममा हुन्डाईले थप लगानी गर्ने घोषणा गरेको हो ।

हुन्डाईले २०२३ सम्म प्लान्ट निर्माण गर्ने र २०२५ बाट व्यावसायिक उत्पादन सुरु गर्ने जनाएको छ । हुन्डाईले वार्षिक ३ लाख युनिट विद्युतीय गाडी उत्पादन गर्ने उल्लेख गरेको छ । हुन्डाईले रणनीतिक साझेदारीसहित लगानी गर्दा ८ हजार बढीले जागिरको अवसर पाउने दाबी गरेको छ । बाइडेनले हुन्डाईलाई लगानी घोषणाको लागि धन्यवाद दिँदै रुपान्तरणकारी अटो क्षेत्रको लगानीले अमेरिकामा सबै गाडी विद्युतीय बनाउन सहयोग पुग्ने बताएका छन् ।

त्यसबाहेक हुन्डाई ग्रुपले अमेरिकामा ५ अर्ब डलर लगानी गर्ने घोषणा गर्ने बताएको छ । योसँगै हुन्डाई मोटर ग्रुपले अमेरिकामा आगामी वर्षमा १० अर्ब डलर बढी लगानी गर्नलागेको हो । हुन्डाईले रोबोटिक्स, अर्बान एयर मोबिलिटी, अटोनोमस ड्राइभिङ र आर्टिफिसियल इन्टेलिजेन्समा लगानी गर्ने जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया