Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध

क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध


ओटावा । क्यानडाले ठूला चिनियाँ दूरसञ्चार सामग्री निर्मातालाई आफ्नो नेटवर्कहरुमा प्रतिबन्ध लगाउने भएको छ । उत्तर अमेरिकी देश क्यानडाले हुवावे र जेटटीईलाई आफ्ना फाइभजी फोन नेटवर्कमा काम गर्न नदिने भएको हो ।

क्यानडाका उद्योगमन्त्रीले यसबारे जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । उद्योगमन्त्री फ्रान्कोँ फिलिप स्याम्पेनले योसँगै क्यानडाको मोबाइल इन्टरनेट सेवामा सुधार आउने र नागरिकहरुको सुरक्षाको संरक्षण हुने जनाए । तर हुवावे क्यानडाले भने यस निर्णयबाट चिन्तित भएको बताएको छ । कम्पनीले यसलाई राजनीतिक भनेको छ ।

‘यो एउटा दुर्भाग्यपूर्ण राजनीतिक निर्णय हो यसमा साइबर सुरक्षा वा अन्य प्राविधिक प्रश्न उठेको कुरा भन्न मिल्दैन’, कम्पनीले एक वक्तव्यमा भनेको छ । बेलायत, अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्डले पनि यी कम्पनीमाथि यसअघि नै प्रतिबन्ध लगाइसकेका छन् ।

क्यानडाको यो घोषणा यसअघि नै अपेक्षा गरिएको थियो । ओटावामा रहेको चिनियाँ दूतावासले क्यानडाको राष्ट्रिय सुरक्षा चिन्ता भन्ने यो निर्णयलाई बेइजिङले राजनीतिक बढाइचढाइको संज्ञा दिएको छ । दूतावासका प्रवक्ताले यसलाई अमेरिकासँग मिलेर चिनियाँ कम्पनीलाई दबाउने चाल भएको आरोप लगाएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया