Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसुडानमा चरम खाद्य संकट

सुडानमा चरम खाद्य संकट


सुडान । सुडानका नागरिकले चरम खाद्य संकट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य संकट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् । यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्यांकमा सुडानका करिब एक करोड ८० नागरिकले खाद्य संकटको समस्या भोग्नुपरिरहेको छ ।

सुडानको खाद्य क्षेत्रका अधिकारीहरुका अनुसार यहाँको चार करोड पाँच लाख जनसंख्यामध्ये एक करोड ८० लाख नागरिकले नै खाद्यान्नको समस्या झेल्नुपरिरहेको छ ।यहाँ खाद्यान्नको संकट हुनुमा रुस र युक्रेनका बीचको द्वन्द्व पनि रहेको छ । साथै यहाँका नागरिकमा आन्तरिक द्वन्द्व र आर्थिक अवस्था पनि जोडिएको छ ।

त्यसैगरी कृषि उत्पादनमा हुनपुगेको ह्रासले पनि यो अवस्था आएको अधिकारीहरुले जनाएका छन् । युक्रेन र रुसबाट सुडानमा खाद्यान्न आपूर्ति हुने गरेकामा अहिले त्यस्तो अवस्था नरहेकाले पनि संकट आइपरेको अधिकारीरुको भनाइ छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया