Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियपूर्वथाईमन्त्री बैंककको गभर्नर बन्ने सुनिश्चित

पूर्वथाईमन्त्री बैंककको गभर्नर बन्ने सुनिश्चित


बैंकक । थाइल्यान्डका पूर्वयातायात मन्त्री चाडचार्ट सितीपुन्टले आइतबार भएको निर्वाचनमा निर्णायक जित हासिल गरेपछि बैंककको नयाँ गभर्नर बन्ने भएको छ । सन् २०१३ पछि पहिलो पटक थाईल्याण्डको गभर्नरका लागि निर्वाचन भएको हो ।

बैंकक गभर्नर निर्वाचनमा ३१ जना उम्मेदवारहरूले प्रतिस्पर्धाका लािग उम्मेदवारी दर्ता गराएका थिए । ५५ वर्षीय स्वतन्त्र उम्मेदवार च्याडचार्टले १३ लाखभन्दा बढी मत ल्याई भारी मतका साथ गभर्नरको निर्वाचनमा जित सुनिश्चित गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी च्याडचार्ट निकै अगाडि छन् ।

निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारले कुल २५ लाख मतमत प्राप्त गरेका बैंककको निर्वाचन आयोगको कार्यालयबाट प्राप्त अनौपचारिक परिणामले देखाएको छ । यसैबीच थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले सोमबार नै च्याडचार्टलाई बधाई दिएको सरकारका प्रवक्ता थानकोरन वाङबुनकोंगचानालाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रवक्ताका अनुसार प्रयुतले बैंककको विकासमा सरकारले च्याडचार्ट र उनको टोलीलाई सबै उचित समर्थन दिने आश्वासन दिएका छन् । च्याडचार्टका प्रतिस्पर्धीहरूले आइतबार नै उनीहरूको हार स्वीकार गर्दै उनलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिइसकेका छन् । निर्वाचन आयोगले देशको निर्वाचन प्रक्रियाअनुसार आधिकारिक परिणाम घोषणा गर्न ३० दिन लाग्न सक्ने जनाएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया