Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ

श्रीलंकामा पेट्रोल लिटरकै चार सय २० रुपैयाँ


कोलम्बो । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा इन्धनको मूल्य आकाशिएको छ । मंगलबार पेट्रोलको मूल्यमा २४.३ प्रतिशत र डिजेलको मूल्यमा ३८.४ प्रतिशत वृद्धि भएको हो ।

श्रीलंकाको विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएको छ । गम्भीर आर्थिक संकटको अवस्था पैदा भएको छ । सोही कारण इन्धनको मूल्य बढेको हो । पछिल्लो मूल्यवृद्धिसँगै श्रीलंकामा पेट्रोल लिटरको चार सय २० रुपैयाँ पुगेको छ भने डिजेल चार सय रुपैयाँको नजिक पुगेको छ । यति हुँदाहुँदै पनि भारतमा भन्दा श्रीलंकामा इन्धनको मूल्य अझै सस्तो रहेको छ ।

श्रीलंकाको विदेशी मुद्रा सञ्चिति अहिले लगभग सकिइसकेको छ । यसबाट त्यहाँ खाद्य र पेय पदार्थ, इन्धनको मूल्य आकाशिएको छ । उसले अन्तर्राष्ट्रिय मुद्रा कोषससँग तीनदेखि चार अर्ब डलरको जमानत खोजिरहेको छ । पछिल्लो हप्तामात्रै श्रीलंका ऋणको ब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको थियो । यतिमात्र नभई त्यहाँको सेयरबजारमा भारी गिरावट आएपछि पाँच दिन बजार नै बन्द गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया