Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी

गहुँपछि चिनी निर्यात रोक्ने भारतको तयारी


नयाँ दिल्ली । भर्खरै गहुँ निर्यात रोकेको भारतले अब चिनी निर्यात पनि रोक्ने तयारी गरेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरेको हो । यदि चिनी निर्यात रोके यो पहिलोपटक हुनेछ । मोदी सरकारले बढ्दो मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम उठाउनलागेको हो । निर्यात गर्दा मूल्य काबुबाहिर गएको भारत सरकारको ठहर छ ।

केही दिनअघि मात्र गहुँमा निर्यात रोक लगाइएको थियो । रोयटर्सका अनुसार मोदी सरकारले चिनी निर्यातमा प्रतिबन्धको तयारी गरिरहेको छ । पूर्ण रोक नलगाए पनि चिनीको निर्यात सीमा एक करोड टन राखिनलागेको समाचारमा जनाइएको छ । चीन निर्यातमा भारत विश्वको दोस्रो ठूलो देश हो । विश्वमा ब्राजिलले सबैभन्दा धेरै चिनी निर्यात गर्छ । यदि भारतले चिनी निर्यात रोके धेरै देशका लागि टाउको दुःखाइ बन्न सक्नेछ ।

भारतबाट सबैभन्दा धेरै चिनी इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी देशले खरिद गर्दै आएका छन् । त्यस्तै भारतमा उत्तरप्रदेश, महाराष्ट्र र कर्णाटकमा सबैभन्दा धेरै चिनी उत्पादन हुन्छ । यी तीन राज्यमा हुने उत्पादन नै ८० प्रतिशत छ । यसबाहेक आन्ध्रप्रदेश, गुजरात, मध्य प्रदेश, उडिसा, तमिलनाडु, विहार, हरियाणा र पञ्जाबमा पनि चिनी उत्पादन हुने गरेको छ । यद्यपि चिनी निर्यातबारे आधिकारिक निर्णय भने आइसकेको छैन । तर सेयरबजारमा भने यसको प्रभाव देखिनथालेको बताइएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया